Search

पाकिस्तानमा भएको आक्रमणमा १८ सैनिक मारिए।

पाकिस्तानमा भएको आक्रमणमा १८ सैनिक मारिए।

नेपाल सम्वत् ११४५ सिल्लाथ्वः ३ ( १९ माघ , २०८१) फेब्रुअरी १ , २०२५ , शनिबार, बाँपीझ्याला ।पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको आक्रमणमा १८ जना अर्धसैनिकको मृत्यु हुनुका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् । मङ्गोचर सहर नजिकै अर्धसैनिक बोकेको एउटा गाडीमा सशस्त्र आक्रमणकारीहरूले गोली चलाएको एक प्रहरी अधिकारीले एएफपीलाई बताए ।

आक्रमणको बलोच पृथकतावादी समूहले जिम्मेवारी लिएको छ । अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तानमा सुरक्षा बलहरूले दशकौंदेखि सांप्रदायिक, जातीय र पृथकतावादी हिंसासँग लडिरहेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!