Search

त्रिकोणात्मक टी–२० सिरिज : नेपालको दोस्रो हार

त्रिकोणात्मक टी–२० सिरिज : नेपालको दोस्रो हार

नेपाल सम्वत् ११४५ सिल्लाथ्वः ३ ( १९ माघ , २०८१) फेब्रुअरी १ , २०२५ , शनिबार, बाँपीझ्याला ।नेपालले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको दोस्रो खेलमा पनि हार खेलेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नेपाल थाइल्यान्डसँग चार विकेटले पराजित भयो । नेपाल सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो ।

जितका लागि एक सय एक सय दुई रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १९ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । थाइल्यान्डका लागि नानापाट कोन्छारोयनकाईले अविजित अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ५८ बलमा ६ चौकाको सहयोगमा ६० रन बनाउनुभयो । नारुमोल चिवाईले १३ र सुवानान काईएटोले अविजित १४ रन बनाउनुभयो । बलिङमा नेपालकी मनिषा उपाध्यायले दुई तथा कविता जोशी, रुविना क्षेत्री र कविता कुँवरले एक एक विकेट लिनुभयो । यअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय एक रनको योगफल खडा गरेको थियो ।

नेपालका लागि कविता कुँवर र विन्दु रावलले समान २५ रन बनाउनुभयो । कप्तान इन्दु वर्माले १५ रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा थाइल्यान्डकी थिपात्चा पुथावङले सर्वाधिक तीन विकेट लिनुभयो । फानिता माया र नटया बूचाथामले दुई दुई तथा चनाइदा सुथिरुवाङले एक विकेट लिनुभयो ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment