नेपाल सम्वत् ११४५ प्वहेलागाः १४ ( १५ माघ , २०८१) जनवरी २८, २०२५ , मंगलबार, बाँपीझ्याला ।नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । निरन्तर तीन दिनसम्म कारोबार घटेको बजार साताको तेस्रो दिन मंगलबार भने दोहोरो अंकले बढेको हो । सोमबार १०.६१ अंकले घटेको बजार मंगलबार २४.५० अंकले बढेको हो । जसअनुसार आज २६५७.७७ विन्दुमा पुगेर रोकिएको छ ।
आज १ करोड ९६ लाख कित्ता शेयर खरिद विक्री हुँदा ९ अर्ब ४० करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका कम्पनीमध्ये १७७ कम्पनीको शेयर बढेको छ भने ६० कम्पनीको शेयर घटेको छ । साथै, ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको । यसदिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार आठ अर्ब ९२ करोडको शेयर कारोबार भएकोमा आज ९ अर्ब ४० करोड रुपैयाँ बराबरको १ करोड ९६ लाख ८० हजार १९५ कित्ता शेयर खरिदबिक्री भएको छ ।
