Search

सभापति कपमा आज संकटा र मच्छिन्द्र आमुनेसामुने हुने

सभापति कपमा आज संकटा र मच्छिन्द्र आमुनेसामुने हुने

नेपाल सम्वत् ११४५ प्वहेलागाः १३ ( १४ माघ , २०८१) जनवरी २७, २०२५ , सोमबार, बाँपीझ्याला ।सभापति कमपमा आज संकटा क्लब र मच्छिन्द्र क्लब आमुने सामुने हुने भएका छन् । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घको योजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज संकटा र मच्छिन्द्र आमुन्ने सामुन्ने हुन लागेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजेबाट खेल सुरू हुनेछ ।

सर्वाधिक पुरस्कार राशिको नेपाली काँग्रेसका सभापतिको नाममा सञ्चालित नकआउट प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । यसैगरी उप विजेता टोलीले १३ लाखमा चित्त बुझाउने छ । प्रतियोगितामा प्रत्येक खेल खेल्ने टोलीले नगद ५० हजार पाइरहेका छन् भने प्लेयर अफ दी म्याचले १५ हजार पाइरहेको जनाइएको छ । प्रतियोगिताका हेर्नका लागि १ सय र ३ सय रुपैयाँको टिकट तोकिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!