Search

रवि लामिछानेको थुनछेक बहस आज आइतबार पनि

रवि लामिछानेको थुनछेक बहस आज आइतबार पनि

नेपाल सम्वत् ११४५, प्वहेलागाः द्वादसी (१३ माघ, २०८१, २६ जनवरी, २०२५) आईतबार, बाँपीझ्याला । रूपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस आइतबार पनि जारी रहने भएको छ। लगातार तीन दिन भएको बहस शुक्रबार नसकेपछि आजका लागि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो।

बुटवलको सुप्रिम सहकारी ठगीको बयानका लागि गत बुधबार अदालतमा उपस्थित भएका रविको मुद्धा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भइरहेको हो। लामिछानेका तर्फबाट बहस गर्न १० जनाभन्दा बढी कानून व्यवसायीले वकालतनामा बुझाएका छन्। थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन्।

त्यसपछि अदालतले आदेश दिनेछ । पर्सा र बुटवललगायतका जिल्लामा पनि रविको मुद्दा विचाराधीन अवस्थामा छ। यसअघि उनी कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!