नेपाल सम्वत् ११४५, प्वहेलागाः एकादशी (१२ माघ, २०८१, २५ जनवरी, २०२५) शनिवार, बाँपीझ्याला । ऊजाशिल महिला समाजको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । समाजका अध्यक्ष समाजसेवी जेष्ठ नागरिक अञ्जुदेवी श्रेष्ठको अध्यक्षतामा भएको उक्त साधारण सभामा नेवाः देय् दवुका केन्द्रिय सदस्य तथा बाँपीझ्याला मिडियाका अध्यक्ष उपेन्द्र प्रधानको प्रमुख आतिथ्यता रहेको थियो ।

समाजका उपाध्यक्ष समाजसेवी यादव कसजु श्रेष्ठले उपस्थित प्रमुख अतिथी, अतिथी, शुभचिन्तक महानुभाव र सदस्यहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नु भएको थियो ।
समाजका सचिव सविना श्रेष्ठले संचालन गर्नु भएको उक्त बार्षिक कार्यक्रममा सचिव सन्ध्या श्रेष्ठ मल्लले आय व्यय विवरण प्रस्तुत गर्नु भएको थियो । उक्त बार्षिक कार्यक्रममा हालसम्म १६ लाख भन्दा बढीको कारोवार भईसकेको समेत बताउनु भयो ।

यसै गरी समाजको साधारण सभाको अवसर पारेर ऊजाशिल महिला समूहमा यादव कुमारी कसजु श्रेष्ठको अध्यक्षतामा सर्वसम्मती ९ सदस्यीय समिती गठन गरिएको छ । जसमा उपाध्यक्षमा दिपा श्रेष्ठ, सचिवमा सन्जु श्रेष्ठ, कोषाध्यक्षमा सर्मिला श्रेष्ठ, सदस्यहरुमा सन्ध्या श्रेष्ठ मल्ल, सविना श्रेष्ठ, लिलावती क्षेत्रानी, मैया प्रधान र सन्तोषी मानन्धर रहेका छन् ।
ऊजाशिल महिला समाजको काम समाजसेवा गर्ने रहेको छ भने ऊजाशिल महिला समूहको काम समाजका सदस्यहरुको आर्थिक उपार्जनको लागि क्रियाकलाप रहेको समेत समाजका अध्यक्ष अञ्जुदेवी श्रेष्ठले बताउनु भयो ।
यसै गरी कार्यक्रममा अन्तमा नाचगान सहीत समापन गर्दै दिवा भोजको आयोजना गरि समापन गरिएको थियो ।