Search

अखिल (क्रान्तिकारी)को चुनाव: ३३ पदाधिकारी, ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी

अखिल (क्रान्तिकारी)को चुनाव:  ३३ पदाधिकारी, ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी

नेपाल सम्वत् ११४५, प्वहेलागाः नवमी (१० माघ, २०८१, २३ जनवरी, २०२५) बिहीबार, बाँपीझ्याला । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को पदाधिकारी र सदस्यका लागि कुल ५०० जनाको उम्मेदवारी परेको छ।

माघ १२ गते हुने चुनावका लागि सार्वजनिक गरिएको मनोनयन दर्ताको प्रारम्भिक सूचिअनुसार ३३ पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य, आयोगका पदाधिकारी तथा सदस्य गरी कुल ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।

अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका छन्।

उपदेश यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश सापकोटा, विश्वमणि थापा र योगेन्द्रबहादु बुढाले अध्यक्षमा उम्मेदवारी दिएका छन्।

माओवादीको केन्द्रीय नेतृत्वले अखिल क्रान्तिकारीको नेतृत्व सर्वसम्मत टुंग्याउन खोजेपनि सहमति नजुटेपछ प्रतिस्पर्धाबाटै टुंगिने भएको हो।

केन्द्रीय नेतृत्वले हेडक्वार्टबाट कुनैपनि नेताले कुनै उम्मेदवारको पक्ष नलिने भनेपनि अध्यक्षका सबै उम्मेदवारलाई एक न एक पदाधिकारीको समर्थन छ। तीमध्ये केहीले प्यानल नै बनाएका छन्।

उपदेश यादव माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट हुन्। विजय सापकोटा उपमहासचिव शक्ति बस्नेत, सुदिन पौडेल वर्षमान पुन र हेमन्त राई जनार्दन शर्मा निकटका हुन्। योगेन्द्र बुढालाई उपाध्यक्ष कृष्णबहादुर महरा र विश्वमणि थापालाई उपाध्यक्ष पम्फा भूसालको समर्थन छ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment