नेपाल सम्वत् ११४५, प्वहेलागाः नवमी (१० माघ, २०८१, २३ जनवरी, २०२५) बिहीबार, बाँपीझ्याला । प्रेस चौतारी नेपाल, दोलखा शाखाको आठौं जिल्ला अधिवेशन यहि माघ २४ गते चरिकोटमा हुने भएको छ ।
बुधबार चरिकोटमा बसेको जिल्ला कार्यसमितिको बैठकले माघ २४ गतेलाई अधिवेशनको मिति तोकेको प्रेस चौतारी नेपाल, दोलखाका अध्यक्ष प्रभु जिरेलले जानकारी दिनुभयो ।
अध्यक्ष जिरेलका अनुसार केन्द्रीय कार्यसमितिले माघ २५ गतेभित्र जिल्ला अधिवेशन सम्पन्न गर्न सर्कुलर जारी गरेकोमा माघ २४ गते दोलखा शाखाको अधिवेशन गर्न लागिएको हो ।
अधिवेशनले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।