Search

जाजरकोटमा भूकम्प प्रभावितका २६ नमूना घर निर्माण

जाजरकोटमा भूकम्प प्रभावितका २६ नमूना घर निर्माण

नेपाल सम्वत् ११४५, प्वहेलागाः अष्ठमी (९ माघ, २०८१, २२ जनवरी, २०२५) बुधबार, बाँपीझ्याला । रुकुम पश्चिम र जाजरकोटमा भूकम्प प्रभावितका २६ नमूना घर निर्माण भएका छन्। भूकम्प प्रभावित क्षेत्रमा बेलायत सरकारको आर्थिक सहयोगमा पाँच र संयुक्त राष्ट्र संघीय निकाय तथा तीनका साझेदार संस्थामार्फत सञ्चालित संयुक्त पुनर्लाभ परियोजना अन्तर्गत दुई जिल्लामा २६ भूकम्प प्रतिरोधात्मक नमूना घर निर्माण गरिएको हो।

रुकुम पश्चिममा १४ र जाजरकोटमा १२ वटा घर निर्माण गरिएको संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का सिनियर परियोजना एसोसिएट सुजित गौतमले जनाकारी दिए। उनका अनुसार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा सात, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा दुई/दुई वटा, त्रिवेणी र बाँफिकोट गाउँपालिका तथा मुसिकोट नगरपालिकामा एक/एक वटा नमूना घर निर्माण गरी भूकम्प प्रभावितलाई हस्तान्तरण गरिएको हो।

त्यस्तै जाजरकोटका भेरी नगरपालिकामा चार, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा दुई-दुई तथा शिवालय, जुनिचाँदे, कुशे गाउँपालिका र छेडागाड नगरपालिकामा एक एक वटा घर नमूना घर निर्माण गरी हस्तान्तरण गरिएको उनले बताए। एउटा ढुंगाको र बाँकी सबै घर सीएसईबी इन्टरलक इँटाको प्रयोगमा निर्माण गरिएको छ।

स्थानीय तहले छनोट गरेर पठाएका अतिविपन्न, अपांग, दलित तथा सीमान्तकृत समुदायका भूकम्प प्रभावितका लागि नमूना घर निर्माण गरिएको हो।

परियोजनाअन्तर्गत घर निर्माणबाहेक डकर्मी तालिम, यौनशोषण तथा दुव्र्यवहारविरुद्धको सडक नाटक प्रदर्शन, स्थानीय तहका प्राविधिकका लागि भवनसंहिता, सुरक्षित आवाससम्बन्धी तालिम प्रदान गरिएको परियोजना एसोसिएट सुजित जानकारी दिए। नौ महिने उक्त परियोजना यही माघ अन्तिमबाट सकिँदै छ। रासस

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!