नेपाल सम्वत् ११४५ प्वहेलागाः ७ ( ८ माघ , २०८१) जनवरी २१, २०२५ , मंगलबार, बाँपीझ्याला ।हिउँदे अधिवेशनको आह्वान भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशनको आज आह्वान गरेका हुन् ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद्को हिउँदे अधिवेशन आह्वान गरेका हुन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलेजा रेग्मी भट्टराइका अनुसार माघ ७ गतेको मन्त्रिपरिषदको सिफारिसमा सो आह्वान भएको हो ।
