Search

माओवादी केन्द्र काठमाडौं महानगर समितिको विस्तारीत बैठक सम्पन्न

माओवादी केन्द्र काठमाडौं महानगर समितिको विस्तारीत बैठक सम्पन्न

नेपाल सम्वत् ११४५, प्वहेलागाः षष्ठी (७ माघ, २०८१, २० जनवरी, २०२५) सोमबार, बाँपीझ्याला । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित काठमाडौं महानगर समितिको विस्तारी सम्पन्न भएको छ । महानगरका उपाध्यक्ष कुलबहादुर महर्जनको अध्यक्षतामा सम्पन्न भएको सो विशेष बैठकमा केन्द्रीय सदस्य, बागमती प्रदेश समितिका इन्चार्ज, जिल्ला ईन्चार्ज, काठमाडौं महानगर ईन्चार्ज लगायत माओवादी पार्टीसँग सम्वद्ध केन्द्रीय, प्रदेश, जिल्ला र महानगर र वडाका पदाधिकारीसहितको भेलामा सो बैठक सम्पन्न भएको थियो ।

आगामी माघ १५ गते महानगरको अधिवेशनसँग सम्वद्ध एजेण्डामा छलफल गरिने जानकारी दिंदै महानगरका इन्चार्ज एवं केन्द्रीय सदस्य मुक्ति प्रधानले सो बैठकमा उपस्थित सबैमा सम्बोधन गर्दै एजेण्डाको मूल प्रसङ्ग प्रस्तुत गरेपछि छलफल प्रारम्भ भएको थियो ।

उपस्थित अधिकांश सदस्य र वर्गीय संगठनसँग आवद्ध व्यक्तिहरूले माओवादी पार्टीलाई मजबुत बनाउन हतार नमानी नियम र अनुशासनमा रहेर एकतावद्ध हुँदै अगाडि बढ्नुपर्ने र एकले अर्कालाई दोषारोपण नगरीकन केन्द्रीय तह देखि पालिकासम्मलाई समेटेर लान जरुरी रहेको बताए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!