नेपाल सम्वत् ११४५, प्वहेलागाः ५, पञ्चमी (५ माघ, २०८१, १८ जनवरी, २०२५) शनिवार, बाँपीझ्याला । दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा जारी अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि विगु गाउँपालिकाले हात पारेको छ। आज सम्पन्न भएको खेलमा बैत्यश्वरलाई ३–१ ले पछि पार्दै विगु गाउँपालिकाले आफ्नो जित हार पारेको हो।
यसै गरी प्रतियोगिताको तृतीय स्थान कालिञ्चोक गाउँपालिकाले कब्जा गर्यो भने सान्त्वनामा गौरीशंकर गाउँपालिकाले चित्त बुझाउन पार्यो। प्रतियोगितामा प्रथम, दितिय, तृतीय र सान्त्वना हुने टिमले क्रमश ५० हजार ,३० हजार,२० हजार ,१० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
जिल्ला भलिबल संघ दोलखाको आयोजनामा गत बिहिबारदेखि सदरमुकाम चरीकोट स्थित कभडहलमा सो प्रतियोगिता सुरु भएको थियो। प्रतियोगिताको उदघाटन बागमती प्रदेश सभा सदस्य भरत केसीले गरेका थिए भने समापन बागमती प्रदेशका अर्थमन्त्री कुन्दनराज काफ्लेको उपस्थितिमा भएको छ।