नेपाल सम्वत् ११४५ प्वहेलागाः ५ ( ५ माघ , २०८१) जनवरी १८, २०२५ , शनिबार, बाँपीझ्याला । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) दोलखामा नयाँ नेतृत्व चयन भएको छ। शनिबार सदरमुकाम चरिकोटमा सम्पन्न भएको पाँचौ अधिवेशनबाट अर्जुन पाख्रिनको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिती चयन भएको हो।
यद्यपि नयाँ नेतृत्वमा अध्यक्ष पाख्रिन पुन: दोहोरिएपनि अध्यक्ष बाहेकका कार्यसमितिमा नयाँ मुहार देखिएको छ। कार्यसमितिको उपाध्यक्षमा धनराज तामाङ ,कोषाध्यक्षमा राजकुमार भुजेल, सचिवमा मार्नेम तामाङ र सहसचिवमा किशोर कुमार गुरुङ चयन भएका छन्। त्यस्तै सदस्यहरुमा क्रमशः दावा तामाङ,सुजन थामि,प्रेम कुमार तामाङ,मुना गरुङ चयन भएका छन्।
