नेपाल सम्वत् ११४५, प्वहेलागाः ४, नवमी (४ माघ, २०८१, १७ जनवरी, २०२५) शुक्रवार, बाँपीझ्याला । लामोसाँघु जिरी सडक खण्ड को ८ किलो नजिक दोलखाबाट काठमाडौं जाँदै गरेको मालबाहक ट्रकको ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डाँडापाखर निवासी दावाछिरिङ तामाङ रहेका छन् ।
मधेश प्रदेश ०३–००२ ख ०५३४ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करपछि मोटरसाइकलमा भएको आगलागीमा परी चालकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घट्नापछि स्थानीयले लामोसाँघु–जिरी सडक अबरुद्ध गरेको जानकारी स्थानीय प्रहरीले दिएका छन् ।