Search

काठमाडौं  विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सम्बन्ध पूर्ववत् राख्ने निर्णय

काठमाडौं  विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सम्बन्ध पूर्ववत् राख्ने निर्णय

नेपाल सम्वत् ११४५ प्वहेलागाः ४ ( ४ माघ , २०८१) जनवरी १७, २०२५ , शुक्रबार, बाँपीझ्याला ।काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको चार वर्ष लामो विवाद समाधान भएको छ। सहजीकरण समितिको प्रतिवेदनलाई ९८औँ सभाको बैठकले पारित गरेसँगै दुवै संस्थाको सहकार्यको सम्बन्ध यथावत् रहने भएको हो। सहजीकरण समितिमा राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा सात सदस्यीय टोली थियो।

बैठकले नयाँ सम्झौता तयारीका लागि समिति गठन गर्ने निर्णय गरेको छ, जसको संयोजक अधिकारी नै हुनेछन्। यस समितिमा विश्वविद्यालय र अस्पतालका प्रतिनिधिहरू छन्। तीन महिनाभित्र मस्यौदा तयार गरी आगामी सिनेट बैठकमा पेश गरिनेछ। यो अवधिमा दैनिक सहकार्यका लागि डीन र प्रशासकीय निर्देशक रहेको अन्तरिम सहजीकरण समिति गठन गरिएको छ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले दुवै संस्थाको सहकार्य आवश्यक भएको बताउँदै विवाद समाधानको उपाय खोज्न आग्रह गरेका थिए। उनका अनुसार यो समाधानले भविष्यमा नयाँ अवसरका ढोका खोल्नेछ।

विवाद २०५९ चैत १९ गतेको सहकार्य सम्झौतामा देखिएका बेमेलका कारण भएको थियो। सहजीकरण समितिले सघन परामर्श गरी समाधान निकालेको बताइएको छ। यसले सम्बन्ध सुधारको मार्ग प्रशस्त गरेको छ। सभाले विश्वविद्यालयको उपकुलपति छनोट कार्यविधि पुनःविचार गर्न निर्देशन दिएको छ। मेडिकल संकायका वरिष्ठ शिक्षकहरूले पनि आवेदन दिन पाउने गरी कार्यविधि संशोधन गरिनेछ। दुई कार्यकाल पूरा गरेका व्यक्तिहरूलाई आवेदनमा प्रतिबन्ध लगाइएको तथा कार्यविधि बारम्बार परिवर्तन गरिएको विषयमा समेत छलफल भएको छ। यो निर्णयसँगै विश्वविद्यालय र अस्पतालको सहकार्य थप सुदृढ हुँदै जान अपेक्षा गरिएको छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!