Search

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाल सम्वत् ११४५ प्वहेलागाः ४ ( ४ माघ , २०८१) जनवरी १७, २०२५ , शुक्रबार, बाँपीझ्याला ।नेपाली बजारमा शुक्रबार सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १३ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँ कायम छ ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा खरिद–बिक्री भएको थियो । शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार एक हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार ८९० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!