Search

अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने

अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने

नेपाल सम्वत् ११४५ प्वहेलागाः ४ ( ४ माघ , २०८१) जनवरी १७, २०२५ , शुक्रबार, बाँपीझ्याला । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले यही माघ ७ गतेदेखि ‘जय नेपाल कप’ अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टि-२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। यो प्रतियोगिताले ‘विश्वव्यापी उष्णता र जलवायु परिवर्तन न्यूनीकरण’ र लागू औषध दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्य राखेको छ। प्रतियोगितामा नेपालका चार विश्वविद्यालय (त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय) र भारत तथा बङ्गलादेशका चार विश्वविद्यालय गरी आठ टिम सहभागी हुनेछन्। खेल नौ दिनसम्म चल्नेछ र त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा आयोजना हुनेछ।

सङ्घका अध्यक्ष डोजाङ शेर्पाका अनुसार विजेता टिमलाई ३० लाख रुपियाँ पुरस्कारका साथै सगरमाथा क्षेत्रमा रहेको एभरेस्ट भ्यू होटलमा जलवायु परिवर्तनसम्बन्धी संगोष्ठीमा सहभागी हुने अवसर दिइनेछ। प्रतियोगिताको ब्रान्ड एम्बेसडर विश्व कीर्तिमानी कान्छा पर्वतारोही निमा रिन्जी शेर्पा चयन भएका छन्। प्रतियोगितामा “एक रन एक वृक्ष” नीति अवलम्बन गर्दै कुल रन संख्याका आधारमा वृक्षारोपण गरिनेछ। टिकट बिक्रीबाट सङ्कलित रकम जाजरकोट जिल्लामा भूकम्पबाट क्षति पुगेका विद्यालयहरूको पुनर्निर्माणमा सहयोग गरिनेछ।

यस प्रतियोगितासँगै विश्वविद्यालय परिसरमा ‘विश्वव्यापी उष्णता, लागू औषध दुर्व्यसन नियन्त्रण, पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तन’ विषयक साहित्य उत्सव पनि आयोजना गरिनेछ। प्रतियोगिताले खेलकुदमार्फत सामाजिक र वातावरणीय मुद्दामा सचेतना फैलाउने अपेक्षा गरिएको छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!