Search

दोलखामा अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता

दोलखामा अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता

नेपाल सम्वत् ११४५, प्वहेलागाः ४, नवमी (४ माघ, २०८१, १७ जनवरी, २०२५) शुक्रवार, बाँपीझ्याला, द्वाल्खा । दोलखामा अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ। जिल्ला भलिबल संघ दोलखाको आयोजनामा सदरमुकाम चरिकोटमा हिजोदेखि सो प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको उदघाटन बागमती प्रदेश सभा सदस्य भरत केसीले गरेका थिए। भीमेश्वर नगरपालिका कवर्ड हलमा माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा जिल्ला भित्रका ८ टिमको सहभागीता रहेको छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमले क्रमशः : ५० हजार , ३० हजार, २० हजार , १० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

संघ अध्यक्ष बालकृष्ण खड्काको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा प्रदेश सभा सदस्य केसी लगायतको शुभकामना तथा मन्तव्य राखेका थिए।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!