नेपाल सम्वत् ११४५ प्वहेलागाः ३ ( ३ माघ , २०८१) जनवरी १६, २०२५ , बिहिबार, बाँपीझ्याला ।यस वर्षको वसन्त चाडको पहिलो दिन मङ्गलबार चिनियाँ रेलवेमार्फत १०.३९ मिलियन यात्रीले यात्रा गरेका छन् । जुन वसन्त चाडलाई चिनियाँहरू ‘चुन्युन’ भनेर मान्दछन् । चाइना स्टेट रेलवे समूह लिमिटेडका अनुसार बुधबार बिहान ८:३० बजेसम्म रेल टिकट बुकिङ प्लेटफर्मका १२ हजार ३०६ काउन्टरबाट वसन्त चाडका लागि १२ करोड रेल टिकट बुकिङ भइसकेको छ । यो चाड मंगलबारबाट सुरू भएर ४० दिनको अवधिमा फेब्रुअरी २२ मा समाप्त हुनेछ ।

बुधबार यात्रा भिड अवधिको दोस्रो दिन देशभर ११ मिलियन रेलवे यात्राहरू हुने अपेक्षा गरिएको थियो । जसका लागि कम्पनीले बढ्दो माग पूरा गर्न थप ५५४ ट्रेनहरू सञ्चालन गरेकोसमेत थियो । बुधबार साङ्घाई, बेइजिङ, ग्वाङ्झाउ र सेन्जेनजस्ता प्रमुख सहरहरूमा यात्रुको चाप ठूलो भएको बताइएको छ। गत वर्ष डिसेम्बरमा युनेस्कोले वसन्त पर्वलाई आफ्नो अमूर्त सांस्कृतिक सम्पदा सूचीमा राखेपछि यो वर्ष चीनको पहिलो चुन्युन हो ।
यस अवधिमा ५१० मिलियन भन्दा बढी यात्रु यात्राहरू देशको रेलवेद्वारा यात्रा गर्ने अपेक्षा गरिएको रेल्वे विभागले जनाएको छ । दैनिक औसत १२.७५ मिलियन यात्रीहरूले रेल यात्रा गर्नेछन् भन्ने अपेक्षासहित ब्यवस्था मिलाइएको छ । यात्रा २०२४ को तुलनामा ५.५ प्रतिशतले वृद्धि भएको यातायात अधिकारीहरूले जनाएका छन् ।
