Search

तातोपानी नाका सञ्चालनमा ल्याउन निरन्तर प्रयासरत छु : प्रचण्ड

तातोपानी नाका सञ्चालनमा ल्याउन निरन्तर प्रयासरत छु : प्रचण्ड

नेपाल सम्वत् ११४५ प्वहेलागाः १ ( १ माघ , २०८१) जनवरी १४, २०२५ , मंगलबार, बाँपीझ्याला ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको दावी गरेका छन्। आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि तातोपानी नाका सञ्चालनका लागि पहल गरेको उनले बताए।

सुकुटेमा आयोजित बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न आएका अध्यक्ष प्रचण्डले आज पत्रकार भेटघाटमा तातोपानी नाका सञ्चालन गर्न चीनसँग पटकपटक कुराकानी भएको दावी गरे। नाका पुनः सहज रुपमा सञ्चालनमा ल्याउन दुई देशका माथिल्लो तहबाट पहल र प्रयत्न आवश्यक रहेको उनको भनाइ छ।

अध्यक्ष प्रचण्डले बिच भलिबल प्रतियोगिताले सुकुटेको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले पहिलोपटक माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुकुटेमा राखेको बेला सुकुटेले देशकै ध्यान केन्द्रित गरेको स्मरण गर्दै सिन्धुपाल्चोकको विकासका लागि चासो र चिन्ता गरिरहेको उल्लेख गरे।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!