Search

भूमि समस्या समाधान आयोग दोलखाको अध्यक्षमा राकेश श्रेष्ठ नियुक्त

भूमि समस्या समाधान आयोग दोलखाको अध्यक्षमा राकेश श्रेष्ठ नियुक्त

नेपाल सम्वत् ११४५ प्वहेलाथ्वः १५( २९ पुष , २०८१) जनवरी १३, २०२५ , सोमबार, बाँपीझ्याला ।दोलखा जिल्ला भूमि समस्या समाधान आयोगको अध्यक्षमा राकेश श्रेष्ठ नियुक्त भएका छन् । नेपालि काङ्ग्रेस दोलखाका पार्टी प्रबक्ता एबम नेपाल तरुण दलका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठ काङ्ग्रेसमा पनि पार्टी सभापति बर्मा लामा निकटक मानिन्छ्न ।

सरकारले मन्त्री स्तरीय निर्णय गर्दै जिल्लामा भूमि समस्या समाधान आयोगका अध्यक्ष नियुक्त गरेको छ । गठबन्धनमा रहेका काँग्रेस र एमालेले भागबन्डा गरेर आयोगमा ५६ जिल्लामा अध्यक्ष नियुक्त भएका हुन । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा आजै नवनियुक्त अध्यक्षहरूको शपथ ग्रहण समारोह राखिएको जनाएको छ ।

राष्ट्रिय भूमि आयोगले ५६ जिल्लामा अध्यक्ष नियुक्त गरेको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले ती जिल्लामा अध्यक्ष नियुक्त गरेको हो । अध्यक्षमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डा भएको छ । भागबन्डा मिल्न बाँकी केही जिल्लामा भने केही दिनमा अध्यक्ष नियुक्त हुनेछन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!