Search

माओवादी केन्द्र दोलखाको अधिवेशन सम्पन्न, अजय प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

माओवादी केन्द्र दोलखाको अधिवेशन सम्पन्न, अजय प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

नेपाल सम्वत् ११४५ प्वहेलाथ्वः ८, (२७ पौष २०८१, ११ जनवरी २०२५, शनिवार, बाँपीझ्याला, दोलखा । नेकपा माओवादी केन्द्र भीमेश्वर नगर वडा नं. २, दोलखाको बार्षिक अधिवेशन तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य पूर्व बनमन्त्री विशाल खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनको उद्घाटन सत्रमा भीमेश्वर नगरका जेष्ठ सदस्य माओवादी केन्द्रका जिल्ला सल्लाहकार प्रेमकृष्ण श्रेष्ठले उपस्थित प्रमुख अतिथी, विशेष अतिथी, अतिथीहरु, पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो ।

यसै गरी उक्त सातौ अधिवेशनबाट युवा व्यवसायी समाजसेवी अजय प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिती सर्वसम्मतीले चयन गरिएको छ । जसमा उपाध्यक्ष बुद्धीबहादुर थामी दोलखा, सचिवमा सुधा थामी गगरस, सह–सचिवमा बुद्धीबहादुर तमाङ चक्प, कोषाध्यक्षमा जुनी थामी डोक्थली, सदस्यहरुमा सुस्मा तमाङ स्वाक्लो, बालचन्द्र कुसले गणेशटोल, श्यामकुमार थामी चाथली, मदन प्रधान दोलखा, कृष्णबहादुर थामी डोक्थली, सोमबहादुर तामाङ नेगल, कमलालक्ष्मी थामी डोक्थली, उत्तम शाही गणेश टोल, सिर्जना श्रेष्ठ माने, प्रकाश थामी सेङकुचा, शुरेस श्रेष्ठ तिखातल, चन्द्र बस्नेत दिलढुंगा, रिया प्रधान कुस्ले गणेशटोल, बसन्ती शाह माने, कुवेर थामी राम्पा, उदयराज श्रेष्ठ दोलखा, कृष्ण थामी गगरस, रमीला थामी डोक्थली, उर्मिला थामी राम्पा र मेलिना श्रेष्ठ तिखातल रहेका छन् ।

कार्यकाल सफलता संगै शुभकामना मन्तव्य दिनेहरुमा माओवादी केन्द्रका केन्द्रिय सदस्य पूर्व मन्त्री विशाल खड्का, दोलखा जिल्ला संयोजक कमल श्रेष्ठ (ज्योती), भीमेश्वर नगर समिती अध्यक्ष वडा नं. ४ वडाध्यक्ष तारानाथ चौलागाई, नगरकमिटी पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ, दोलखा काठमाण्डौं सम्पर्क समिती उपाध्यक्ष होमचन्द्र श्रेष्ठ, प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश सदस्य काठमाण्डौ महानगर सदस्य उपेन्द्र प्रधान लगायतले आ–आफ्नो तर्फबाट मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यसै गरी उक्त बर्षिक अधिवेशन तथा बनभोज कार्यक्रममा संघिय गणतन्त्र स्थापनाका लागि जनयुद्धको क्रममा २०५९ साल बैशाख ४ गते साहदत प्राप्त क.प्रर्शुराम राउतलाई नेपाल सरकारले सम्मान स्वरुप २०६५ साल पौष ९ गते शहिद घोषणा गरेको र भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा तल्लोटोल निवासी क. पूजा बहादुर श्रेष्ठ २०५९ फागुण ७ गते साहदत हुनु भएकोमा नेपाल सरकारले सम्मान स्वरुप २०८० पौष २४ गते शहिद घोषणा गरिएका पूज्यनिय आमा ललितमायाँ श्रेष्ठ र क. प्रर्शुराम तामाङका श्रीमती सिता राउतलाई सम्मान पत्र सहित सम्मान गरिएको थिया ।

जनयुद्धको क्रममा संघिय गणतन्त्र स्थापनका लागि भीमेश्वर नगरपालीका दोलखा भीत्रका योद्धाहरुलाई राज्यको तर्फबाट दमन गरी आन्दोलनलाई निस्तेज पार्न पक्राउ गरि जेल विताउने नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य बरिष्ठ अधिवक्ता पूर्व महान्यायाधिवक्ता क.मुक्ति प्रधान, क. हेम श्रेष्ठ, क. उपेन्द्र प्रधान, क.प्रेम श्रेष्ठ, क. उत्तम श्रेष्ठ, क. महेन्द्र श्रेष्ठ, क. मिलन श्रेष्ठ, क. नविन श्रेष्ठ, क. लालकुमारी श्रेष्ठ, क. अजय प्रधान र क. अमित श्रेष्ठलाई सम्मान गरिएको थियो ।

यसै गरी नगरपालीका भित्रका कलाकार जनमुक्ती सेना थामी समूदायका झाक्री कुलमान थामी, मारुनी नाचको मादले भनेर परिचित रामबहादुर खर्पे र जगत थामीलाई सम्मान गरिएको थियो । क. अजय प्रधानको सभापतीत्वमा संचालन भएको उक्त कार्यक्रम क. शिवजी प्रधानले संचालन गर्नु भएको थियो ।

अन्तमा नेवारी परम्परा अनुसार बनभोजको प्रबन्ध गरिएको थियो ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment