Search

दोलखा भीमेश्वर परिसरमा धार्मीक पर्यटन विश्राम गृह फाल्चा निर्माणले गति पायो

दोलखा भीमेश्वर परिसरमा धार्मीक पर्यटन विश्राम गृह फाल्चा निर्माणले गति पायो

नेपाल सम्वत् ११४५ प्वहेलाथ्वः ११, (२६ पौष, २०८१ १० जनवरी २०२५) शुक्रबार, दोलखा । दोलखा भीमेश्वर मन्दिर परिसरमा ललितपुर महानगरपालिकाको आर्थिक अनुदान सहयोगमा भीमेश्वर नगरपालिकाको समन्वयमा कालिमन्दिर क्षेत्रमा भीमेश्वर धार्मिक पर्यटन विश्राम गृह फाल्चा निर्माणले गती पाएको छ ।

आ.व. २०७९/८० मानै उक्त योजना निर्माण गर्न भीमेश्वर नगरपालिकामा ललितपुर महानगर पालिकाबाट भीमेश्वर नगरपालिका रकम निकासा भए पनि नगरपालिकाको प्रविधिक समस्याका कारण त्यस वर्षमा उक्त योजना हुन सकेन र आ. व. २०८०÷०८१ मा सम्झौता भै कार्य सञ्चालन भयो तर भीमेश्वर नगरपालिकाबाट त्यस वर्ष बजेटमा उक्त शिर्षकमा वजेट विनियोजन नभएकोले काम अधुरो नै रह्यो ।

यसै गरी आ.व. २०७९/८० मा ललितपुर महानगरपालिकाबाट प्राप्त सहयोग रकम भीमेश्वर नगरपालिकाले आ. व. २०८१÷०८२ मा ललिपुर महानगरपालिकाबाट प्रप्त रकम रु. ३५ लाख विनियोजित गरेकोले कामले गति पाएको छ ।

यस बारेमा दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितीमा सम्पर्क गर्दा उक्त निर्माणधिन विश्राम गृह फाल्चा पुरातात्वीक ढङ्गबाट निर्माण भईरहेको छ भनी व्यवस्थापन समितीका अध्यक्ष भरतबहादुर श्रेष्ठले बताउनु भयो । साथै अहिले उक्त पाटीको निर्माणका लागि भक्तपुरबाट काठको काम गर्ने सिकर्मी र डकर्मीहरुबाट काम भैरहेको समेत उहाँले बताउनु भयो ।

यसै गरी उक्त नव निर्मित विश्वासस्थल फाल्चा नेवारी परम्परा अनुसारको कलात्मक ढोका निर्माण गरी मिति २०८१ पौष २१ गतेको साइतमा नेवारी विधि अनुसार ढोका थापना गरी हाल दाची अँपाले गार्हो लगाउने काम भईरहेको छ ।

२०८१ असोज १६ गते सम्झौता भएको उक्त परियोजनाको कुल लागत ३८ लाख ९३ हजार ५ शय ८४ रुपैया २२ रहेको छ । हालसम्म १० लाख निकासा भई काम भईरहेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!