Search

आज सुनको मूल्य बढ्यो

आज सुनको मूल्य बढ्यो

नेपाल सम्वत् ११४५ प्वहेलाथ्वः ९ ( २४ पुष , २०८१) जनवरी ८, २०२५ , बुधबार, बाँपीझ्याला ।नेपाली बजारमा दुई दिनदेखि स्थिर रहेको सुनको भाउ आज (बुधबार) भने बढेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ५०० रुपैयाँले कारोबार भइरहेको छ । यसअघि सोमबार र मंगलबार सुनको मूल्य स्थिर रहेको थियो । यी दुई दिन प्रतितोला १ लाख ५२ हजारमा कारोबार भएको थियो । यता आज चाँदीको मूल्य भने स्थिर रहेको महासङ्ले जनाएको छ । चाँदी तोलामा १ हजार ८३० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!