Search

सरकारले सशस्त्र प्रहरी बल नेपालका चारजना सशस्त्र प्रहरी नायब महानिरीक्षकको म्याद थप्ने

सरकारले सशस्त्र प्रहरी बल नेपालका चारजना सशस्त्र प्रहरी नायब महानिरीक्षकको म्याद थप्ने

नेपाल सम्वत् ११४५, प्वहेलाथ्वः ८, अष्टमी (२३ पुष, २०८१, ७ जनवरी, २०२५) मंगलबार, बाँपीझ्याला । सरकारले सशस्त्र प्रहरी बल नेपालका चारजना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी)को म्याद थप्ने निर्णय गरेको छ।

सशस्त्र प्रहरी बल नियमावलीअनुसार मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको म्याद थप गरेको हो। डीआईजीमा बढुवा भएका अधिकृतको चार वर्षे कार्यकाल पूरा भएपछि एक वर्षको थप अवधि पाउने सुविधा नियमावलीमा छ।

यसरी म्याद थप हुनेमा डीआइजीहरू शम्भु सुवेदी, कमल गिरी, गणेश ठाडा मगर र कुलबहादुर नेम्वाङ रहेका छन्। गृह मन्त्रालयको प्रस्तावमा सरकारले आज उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!