Search

पत्रकार श्यामसुन्दर पुडासैनीकाे निधन

पत्रकार श्यामसुन्दर पुडासैनीकाे निधन

नेपाल सम्वत् ११४५, प्वहेलाथ्वः ५, पञ्चमी (२० पुष, २०८१, ४ जनवरी, २०२५) शनिवार, बाँपीझ्याला । पत्रकार श्यामसुन्दर पुडासैनीकाे निधन भएको छ । गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा उनको निधन भएकाे पारिवारिक स्रोतले जानकारी दिएको छ ।

हृदयाघातको लक्षण देखिएपछि उनलाई अस्पताल पुर्‍याइएको बताइए पनि घटना शंकास्पद देखिएको परिवारका सदस्यले बताएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । पुडासैनी सरस्वती नगरमा रहेको डेरामा एक्लै बस्दै आएका थिए ।

प्रेस चौतारी नेपाल एशोसियट प्रदेश उपाध्यक्षसमेत रहेका पुडासैनी पछिल्लो समय नेपाल भ्युज अनलाईन पत्रिकामा कार्यरत थिए । उनले यसअघि माउन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्णलगायतका सञ्चार माध्यमामा काम गरेका थिए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!