नेपाल सम्वत् ११४५, प्वहेलाथ्वः ४, प्रतिपक्ष (१९ पुष, २०८१, ३ जनवरी, २०२५) शुक्रवार, बाँपीझ्याला, दोलखा । नेपाल पत्रकार महासङघ दोलखाले ‘नागरिकको नजरमा दोलखाको मिडिया’ विषयमा अन्तर्क्रिया गरेका छन् ।
पत्रकार महासंघ दोलखाले चरिकोटमा एक अन्तर्क्रियासँगै महासंघको प्रदेश र संघमा निर्वाचित टिमलाई बधाई तथा सम्मान गरेका हुन् ।
नव निर्वाचित अध्यक्ष प्रभु जिरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश दोलखा ख का सभासद भरतबहादुर केशीले कार्यक्रमको उदघाटन गरेका थिए । उनले दोलखाको पत्रकारिता, अहिलेको अवस्था, सम्भावना र अवसरको विषयमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा पत्रकार महासंघको केन्द्रिय सचिवमा निर्वाचित रमेश खतिवडा, केन्द्रिय सदस्य लक्ष्मण थामी, वागमती प्रदेश समितीका सदस्य श्याम प्रसाद खतिवडा, प्रदेश सदस्य राजन थामीलाई जिल्ला शाखाको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।