Search

माघ पहिलो हप्तादेखि महिला भलिबल “दोलखा जिल्ला कप २०८१“ हुने

माघ पहिलो हप्तादेखि महिला भलिबल “दोलखा जिल्ला कप २०८१“ हुने

नेपाल सम्वत् ११४५, प्वहेलाथ्वः ४, प्रतिपक्ष (१९ पुष, २०८१, ३ जनवरी, २०२५) शुक्रवार, बाँपीझ्याला, दोलखा । दोलखामा आगामी माघ पहिलो हप्तादेखि महिला भलिबल “दोलखा जिल्ला कप २०८१“ हुने भएको छ।

जिल्ला भलिबल संघ दोलखाको आयोजनामा माघ ३ गते देखी ५ गतेसम्म “दोलखा जिल्ला कप-२०८१” अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुन लागेको हो।

सदरमुकाम स्थित भीमेश्वर कभर्डहलमा आयोजना गरिने सो प्रतियोगितामा प्रथम,द्वितीय,तृतीय,सान्त्वना हुने टिमले क्रमश : ५० हजार ,३० हजार,२० हजार ,१० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन्।

त्यस्तै एक टिममा १२ जना खेलाडी, १ जना प्रशिक्षक र एक जना व्यवस्थापक गरी १४ जना हुनु पर्ने बताइएको छ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!