Search

बागमती प्रदेश सरकारले दोलखा जिल्लाको लामाबगर सहीत मुल प्रवेश मार्गमा चेकपोस्ट निर्माण गर्दे

बागमती प्रदेश सरकारले दोलखा जिल्लाको लामाबगर सहीत मुल प्रवेश मार्गमा चेकपोस्ट निर्माण गर्दे

नेपाल सम्वत् ११४५, प्वहेलाथ्वः ४, प्रतिपक्ष (१९ पुष, २०८१, ३ जनवरी, २०२५) शुक्रवार, बाँपीझ्याला, दोलखा । बागमती प्रदेश सरकारले दोलखा जिल्लाको लामाबगर सहीत प्रवेश मार्गमा आफ्नो अत्याधुनिक चेकपोस्ट निर्माण गर्ने भएको छ ।

यसरी प्रवेश चेकपोष्ट निर्माणक्रममा पहिलो चरणमा मधेश प्रदेशसँग सीमा जोडिएको मुख्य प्रवेशमार्ग चेकपोस्ट निर्माण सुरु गरिने भएको छ ।

बागमती प्रदेश सरकारले सुरुमा हेटौंडा–१५ स्थित रातोमाटे र सिन्धुलीको भिमानमा चेकपोष्ट निर्माण गर्ने भएको छ । यसै गरी प्रदेश सरकारले पहिलो चरणमा रातोमाटेसहित सिन्धुलीको भिमानमा चेकपोस्ट निर्माण गर्ने भएको हो ।

दोस्रो चरणमा चितवनको नारायणगढ मुग्लिनमा तथा तेस्रो चरणमा दोलखासहित चार स्थानमा चेकपोष्ट निर्माण गरिनेछ । तेस्रो चरणमा दोलखाको लामाबगर, सिन्धुपाल्चोकको कोदारी, सिन्धुलीको नागथान र रसुवाको रसुवागढीमा चेकपोष्ट निर्माण गरिने भएको हो ।

चेकपोष्टमा सवारी साधनको निरिक्षणका लागि अत्याधुनिक मेसिनसहित सीसीक्यामेरा र सुरक्षाकर्मी परिचालन गर्ने बागमती प्रदेश सरकारको योजना रहेको जनाएको छ ।

आज मुख्यमन्त्री बहादुरसिंह लामाले हेटौंडा–१५ रातोमाटेस्थित चेकपोष्ट निर्माणस्थलको अनुुगमन गर्नुभएको छ । उहाँले स्थानीय तहसँग समन्वय गरेर चेकपोस्ट निर्माणस्थलको अनुुगमन गर्नुभएको हो ।

आन्तरिक सुरक्षा अवस्था थप बलियो बनाउनका लागि प्रदेशको प्रवेशमार्गमा चेकपोष्ट निर्माण गर्न लागिएको मुख्यमन्त्री लामाले बताउनुभयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!