Search

राखेप बोर्ड सदस्यहरूले सपथ ग्रहण गरे

राखेप बोर्ड सदस्यहरूले सपथ ग्रहण गरे

नेपाल सम्वत् ११४५ प्वहेलाथ्वः ४ ( १९ पुष , २०८१) जनवरी ३, २०२५ , शुक्रबार, बाँपीझ्याला ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नवनियुक्त आठ बोर्ड सदस्यहरुले सपथ ग्रहण गरेका छन् । उनीहरुलाई सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण गर्ने सदस्यहरुमा शान्तकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) छन् । खेलकुद मन्त्री चौधरीले राखेपमा नियुक्त भएका सवै सदस्यहरुलाई बधाई दिँदै आफनो चार वर्षे कार्यकालमा उत्कृष्ट काम गर्न आग्रह गरे । यही पुस ९ गते बसेको मन्त्रीपरिषद्को बैठकले राखेपमा रिक्त रहेका बोर्ड सदस्यमा आठजनालाई नियुक्त गरेको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!