नेपाल सम्वत् ११४५, प्वहेलाथ्वः ४, चौथी, (१९ पुष, २०८१, ३ जनवरी, २०२५) शुक्रवार, बाँपीझ्याला । प्रशासन सेवातर्फका १८ जना सहसचिवमा र ५७ जना उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । कार्यक्षमताको मूल्यांकनबाट सहसचिवमा बढुवा सिफारिस भएकाहरुको नामावली आज सार्वजनिक भएको हो ।
यसैगरी प्रशासन सेवाका ३९, लेखाका ११ र राजश्वका ७ गरी जम्मा ५७ जना अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।