Search

अदालतमै न्यायाधीशले आत्महत्या

अदालतमै न्यायाधीशले आत्महत्या

नेपाल सम्वत् ११४५, प्वहेलाथ्वः ३, प्रतिपक्ष (१८ पुष, २०८१, २ जनवरी, २०२५) बिहिवार, बाँपीझ्याला । अदालतमै न्यायाधीशले आत्महत्या गरेपछि हलचल मच्चिएको छ । यो नराम्रो खबर जर्जियाबाट आएको हो ।

एक ७४ वर्षीय न्यायाधीश स्टेफेन येकेललाई अदालतका कर्मचारीले मृत अवस्थामा फेला पारेका थिए । इफिंगम काउन्टी राज्य अदालतभित्र लगभग १० बजे भेटिएको थियो ।

येकेलले गभर्नरलाई पत्र लेखेर पदबाट राजीनामा दिन खोजेको अनुसन्धानबाट खुलेको छ । पत्रमा येकेलले डिसेम्बर ३० देखि लागू हुने गरी राजीनामा दिने तयारी गरेका थिए ।

मृत फेला परेका न्यायाधीश येकेललाई सन्‌२०२२ मा राज्य अदालतमा नियुक्त गरिएको थियो। प्राप्त जानकारी अनुसार उनले भर्खरै आफ्नो पदबाट राजीनामा दिने प्रयास गरेका थिए तर जर्जियाका गभर्नर ब्रायन केम्पले सो प्रस्ताव अस्वीकार गरेका थिए ।

यसैबीच उनी मंगलबार बिहान करिब १० बजे इफिङ्घम काउन्टी स्टेट कोर्टहाउसमा मृत फेला परे । सोमबार राति वा मंगलबार बिहान उनको मृत्यु भएको हुन सक्ने अनुसन्धानकर्ताले अनुमान गरेका छन् ।

वर्षको यो समय खुसीको समय मानिन्छ तर अहिले उनका परिवारले यो खुसी देख्न पाएनन् । ‘म कल्पना गर्न सक्दिन, यदि उनीहरूलाई हामीबाट केही आवश्यक थियो भने हामी उपलब्ध हुने नै थियौं तर अप्रिय निर्णय भयो,’ उनका छोराले भने ।

यो जानकारी पनि प्रारम्भिक अनुसन्धानमा बाहिर आएको छ कि स्टीफेनले अदालतको कर्मचारी लिसा क्रफोर्डको मुद्दा पनि सामना गरिरहेकी थिए, जसले येकेललाई गलत तरिकाले आफ्नो पदबाट बर्खास्त गरेको दाबी गरिएको थियो । येकेलले पदभार ग्रहण गर्दा आफ्नै कर्मचारी ल्याउने गरी कर्मचारीलाई पदबाट हटाएको आरोप लागेको थियो ।

सायद यो घटनाले उनलाई चोट पुर्‍याएको हुन सक्छ भन्ने प्रारम्भिक अनुमान गरिएको छ । यद्दपी, अनुसन्धान जारी छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!