Search

रवी: आजबाट जाहेरीवाला तर्फका बयान सुरू हुने

रवी: आजबाट जाहेरीवाला तर्फका बयान सुरू हुने

नेपाल सम्वत् ११४५, प्वहेलाथ्वः ३, प्रतिपक्ष (१८ पुष, २०८१, २ जनवरी, २०२५) बिहिवार, बाँपीझ्याला । सूर्यदर्शन सहकारी ठगी मुद्दामा आजबाट जाहेरीवाला तर्फका अधिवक्ताहरूको बयान सुरू हुने भएको छ ।

हिजोसम्म सो मुद्दामा थुनछेक बहस भएको र सो सकिएकाले आजबाट जाहेरीवाला तर्फका अधिवक्ताहरूको बहस सुरू हुन लागेको हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको मुद्दामा बहस भइरहेको छ ।

हिजो सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका थिए ।

सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएपछि आजबाट जाहेरीवाला तर्फका अधिवक्ताहरूको बहस हुन लागेको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!