नेपाल सम्वत् ११४५ प्वहेलाथ्वः १ ( १६ पुष , २०८१) डिसेम्बर ३१, २०२४ , मंगलबार, बाँपीझ्याला ।सुन्दरहरैंचा नगरपालिकाले २५ रुपैयाँ खर्चेर मौरीपालन कार्यक्रम कार्यान्वयन गरेको छ । प्रदेश सरकारसँगको समन्वयमा पालिकाले किसानसँग २५ प्रतिशत लागत साझेदारीमा उक्त कार्यक्रम कार्यान्वयन गरेको हो ।
कार्यक्रमअन्तर्गत दुई सय २६ घार र मौरी पनि किसानलाई प्रदान गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख फणिन्द्र भट्टराईले जानकारी दिए । कार्यक्रममा २१ किसान परिवार सहभागी छन् । सुन्दरहरैँचा नगरपालिकाभित्रका धेरै स्थानमा तोरीखेती हुने भएकाले मौरीपालन कार्यक्रम कार्यान्वयन गरिएको उनको तर्क छ । मौरीपालनले महका साथै तोरी उत्पादनमा पनि मद्दत पुग्ने उनले बताए ।
