Search

एमाले दोलखाले भीमेश्वरको गुठीको भेड्पुको जग्गा समेत १९ ओटा विषयमा सरकारको ध्यानाकर्षण गराउने

एमाले दोलखाले भीमेश्वरको गुठीको भेड्पुको जग्गा समेत १९ ओटा विषयमा सरकारको ध्यानाकर्षण गराउने

नेपाल सम्वत् ११४५, थिंलागाः १४, त्रयोदशी (१४ पुष, २०८१, २९ डिसेम्वर, २०२४) आईतबार, बाँपीझ्याला, दोलखा । नेकपा एमाले दोलखाले जिल्लाभित्रका १९ ओटा सार्वजनिक महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

पुस १३ र १४ गते बसेको नेकपा एमाले दोलखाको पाँचौं पूर्ण बैठकले तय गरेका सार्वजनिक महत्वका १९ ओटा विषय आईतबार आयोजित पत्रकार सम्मेलनमा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले सार्वजनिक गर्नुभएको हो ।

लामाबगर नाकाबाट चीन र भारत जोड्ने उत्तर–दक्षिण लोकमार्ग निर्माण, माथिल्लो तामाकोशीसहित दोलखाका हाईड्रोपावरमा देखिएको विकृतिको निर्मुल, तामाकोशी तेश्रो यथाशीघ्र सञ्चालन, आलम्पुको सिलेट ढुङ्गाखानी सञ्चालन, खरिढुङ्गाको म्याग्नेसाईट उद्योग सञ्चालन हुनुपर्ने माग गरिएको छ ।

त्यसैगरी भेड्पुको जग्गा सम्बन्धि समस्या समाधान, चरिकोट र जिरीमा विमानस्थल निर्माण, खिम्ती खोलामा ठोसे शिवालय हाइड्याम हाईड्रोपावर निर्माण, गौरीशङ्कर संरक्षण क्षेत्रबाट नागरिकमा परेको प्रभाव मुल्याङ्कन लगायतका विषयहरु उठान गरिएको छ ।

बैठकबाट उठान गरिएका जिल्लाका महत्वपूर्ण विषयमा जिल्लाका मुख्य राजनीतिक दलहरुसँग आवश्यक समन्वय गरेर सरकार समक्ष पेश गरी कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा नेकपा एमाले दोलखाका इन्चार्ज पार्वत गुरुङले बताउनुभयो ।

गत श्रावण महिनामा जिल्लाका प्रमुख राजनीतिक दलहरुले महत्वपूर्ण विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाए पनि कार्यान्वयन नभएपछि नेकपा एमालेले पार्टी बैठकबाट निर्णय गरेर नै सरकारको ध्यानाकर्षण गराउन लागेको इन्चार्ज गुरुङको भनाई छ ।

यसैबिच नेकपा एमाले दोलखाले पार्टी सङ्गठनलाई चुस्तदुरुस्त बनाउन माघ १ गतेदेखि चैत्र मसान्तसम्म तीन महिने सङ्गठन शुद्धिकरण तथा सुदृढिकरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टी र आम नागरिकहरुबिचको दुरी कम गर्न वडा तहसम्म पार्टीका गतिविधि सञ्चालन गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!