Search

१८औँ हात्ती तथा पर्यटन महोत्सवमा हात्तीलाई वनभोज

१८औँ हात्ती तथा पर्यटन महोत्सवमा हात्तीलाई वनभोज

नेपाल सम्वत् ११४५, थिंलागाः १३, त्रयोदशी (१३ पुष, २०८१, २८ डिसेम्वर, २०२४) शनिवार, बाँपीझ्याला । चितवनको सौराहामा जारी १८औँ हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत हात्तीलाई वनभोज खुवाइएको छ । सधैँ जगल सफारीमा व्यस्त रहने हात्तीहरूलाई शनिबार वनभोज खुवाइएको हो ।

वनभोजमा हात्तीलाई मन पर्ने उखु, गुलियो भात, ड्रागन फ्रुट, हरियो मकै, खरबुजा, फर्सीलगायत विभिन्न परिकार दिइएको महोत्सवका संयोजक रामकुमार अर्यालले बताए । हात्तीलाई मनोरञ्जन गराउन वनभोजको आयोजना गरिएको उनले जानकारी दिए ।

वनभोजमा ३५ निजी हात्तीलाई सहभागी गराइएको थियो । हात्तीले वनभोज खाएको हेर्न दर्शकको घुइँचो लागेको थियो ।

हात्तीको वनभोज महोत्सवको मुख्य आकर्षणका रूपमा छ ।

क्रिसमस र अंग्रेजी नयाँ वर्षका अवसरमा चितवनमा पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले हात्ती महोत्सव आयोजना गरिएको हो । हिमालयन टेली भ्वाइस

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!