Search

माथिल्लो तामाकोशी जलविद्यूत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु

माथिल्लो तामाकोशी जलविद्यूत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु

नेपाल सम्वत् ११४५, थिंलागाः ९ नवमी, पुष, २०८१, २४ डिसेम्वर, २०२४) मगलबार, बाँपीझ्याला, दोलखा । माथिल्लो तामाकोशी जलविद्यूत आयोजनाबाट विद्युत उत्पादन सुचारु भएको छ । बाढीपहिरोबाट क्षतिग्रस्त ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रबाट आंशिकरूपमा विद्युत् उत्पादन सुरु भएको हो ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्‍याएका संरचनाको आंशिक मर्मतसम्भार गरेर ८८ दिनपछि विद्युत उत्पादन सुरु गरिएको हो । आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद गौतमले मंगलबार बेलुका ७:४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु गरिएको जानकारी दिए ।

उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ । हाल नदीमा उपलब्ध पानीको बहाबलाई पूर्णरूपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन गरिएको छ ।

अविरल वर्षाका कारण तामाकोसी नदीमा पानीको बहाब उच्च भएपछि गत असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । नेपालमा सञ्चालनमा रहेका जलविद्युत्‌गृहमध्ये यो सबैभन्दा ठूलो आयोजना हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!