Search

बोर्नमाउथसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

बोर्नमाउथसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

नेपाल सम्वत् ११४५ थिंलागाः ८ ( ८ पुष , २०८१) डिसेम्बर २३, २०२४ , सोमबार, बाँपीझ्याला ।म्यानचेस्टर युनाइटेडको इङलिश प्रिमियर लिगमा खराब प्रदर्शन जारी रहेको छ । आइतबार भएको खेलमा बोर्नमाउथले म्यानचेस्टर युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

बोर्नमाउथको जितमा डीन हुजीसेन, जस्टिन क्लुइभर्ट र एन्टोनी सेमेनियोले एक एक गोल गरेका थिए । यो जितपछि बोर्नमाउथको १७ खेलमा २८ अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडको भने यस सिजनमा यो सातौं हार हो । यो हारपछि म्यानचेस्टर युनाइटेड १७ खेलमा २२ अंकसहित १३औं स्थानमा झरेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!