नेपाल सम्वत् ११४५, थिंलागाः ७, सप्तमी (७ पुष, २०८१, २२ डिसेम्वर, २०२४) आईतबार, बाँपीझ्याला । राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई आइतबार राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।