Search

कविता बिशुंखेलाई मिसेस हिमालयनको ताज

कविता बिशुंखेलाई मिसेस हिमालयनको ताज

नेपाल सम्वत् ११४५ थिंलागाः ७ ( ७ पुष , २०८१) डिसेम्बर २२, २०२४ , आइतबार, बाँपीझ्याला ।यसपालिको मिसेस हिमालयन नेपाल २०२४ काठमाडौँ थलीकी सौन्दर्यकर्मी कविता बिशुंखे बन्नु भएको छ । शनिबार अपरान्ह राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो विवाहित महिलाहरु‌को सौन्दर्य प्रतियोगितामा कविताले ताजसँगै नेपाल फेशन एण्ड इन्टरटेनमेन्ट इन्टरनेसनल अर्वाड जापान २०२५ को लागि इन्ट्री प्याकेज समेत प्राप्त गर्नुभएको हो ।

हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रममा सारिका महतो फस्ट रनर अप तथा सुशीला न्यौपाने सेकेन्ड रनरअप हुन सफल हुनुभएको छ । सो कार्यक्रम मिसेस हिमालयन नेपाल प्रतियोगिताको एघारौँ संस्करण हो। निलो रंगको क्याजु‌अल पोशाकमा आर्कषक नृत्य प्रस्तुत गर्दै प्रतियोगीहरूले सुरु गरेको कार्यक्रममा परिचयात्मक चरण, प्रस्नोतर चरण, लेहेङ्गा चरण, टप टेन, टप फाइभ र क्राउनिङ चरणमा गरी प्रतिस्पर्धीहरु‌ले आफूलार्ई अब्बल रुपमा प्रमाणित गर्ने प्रयास गरेका थिए । प्रतियोगीहरुलाई फेसन कोरियोग्राफर हिमानी सुब्बाले करिब तीन सातासम्म नृत्य, क्याटवाक, व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेजको प्रस्तुतिलगायत अन्य विविध विषयमा तालिम दिनु भएको थियो ।

कार्यक्रममा विविध सबटाइ‌टल अवार्डहरुसमेत वितरण गरिएको थियो जसमा बिजेता कविताले मोस्ट इन्टिलिजेन्ट, सारिका महतो मोस्ट कन्फिडेन्ट, सुशीला न्यौपाने मोस्ट डिलाइटफुल, पब्लिक चोइस भिडीयो र मोस्ट पपुलर, तारा विश्वकर्मा मोस्ट डिलिजेन्ट, सर्जुना शाही मोस्ट स्मार्ट, मनशोभा महर्जन मोस्ट एक्टिभ, सरस्वती थापा मगर वेष्ट ट्‌यालेन्ट, सुजिता गुरुङ बेस्ट पर्सनालिटी, निर्मला चौधरी मोस्ट प्यासोनेट, शोभा चौलागाई दंगाल मोस्ट डिसेन्ट, भुमा तामाङ मोस्ट ग्रेसफुल र रेखा भट्टरार्इ बेस्ट फोटोजेनिक बन्न सफल हुनुभयो ।

कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता मोडल दिक्पाल कार्की, अभिनेता इभेन्टकर्मी सिद्धार्थ सिंह, कस्मेटोलोजिस्ट डा रेखा थापा, मिसेस मंगोल नेपाल २०२४ प्रतिभा पुलामी मगरका साथै मिसेस नोवेल नेपाल २०२४ सिरोसा सापकोटा हुनुहुन्थ्यो । कार्यक्रममा विविध कलाकारहरुले आर्किषक नृत्य प्रस्तुत गरेका थिए भने विवाहित महिलाहरु‌को सौन्दर्यता र बौद्धिकताको श्रीवृद्धि गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!