नेपाल सम्वत् ११४५, थिंलागाः ६, पञ्चमी (६ पुष, २०८१, २१ डिसेम्वर, २०२४) शनिवार, बाँपीझ्याला । अमर साहित्यकार रमेश ‘विकल स्मृतिसभा सम्पन्न भएको छ ।
साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको सभापतित्वमा संघिय सासंद सन्तोष चालिसेको प्रमुख आतिथ्यता रहेको थियो । यसै गरी विशिष्ठ अतिथीहरुमा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक रिसालका साथमा पूर्व संविधानसभा सदस्य तथा प्रदेश मन्त्री रामेश्वर फुयाल र गोकर्ण नगरपालीकाका उपप्रमुख सान्नानी लामाको उपस्थिती रहेको थियो ।
यसै गरी गोकर्णेश्वर नगरपालिका कार्यकारी प्रमुख बिभिन्न महानुभावहरुको उपस्थिती रहेको थियो ।
साहित्य प्रतिष्ठानका महासचिव विजय चालिसेले स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो । यसरी स्मृती बार्षिक स्मृतीसभा संगै रमेश विकल पुरस्कार विभिन्न व्यक्तीत्वहरुलाई प्रदान गरिएको थियो ।
यसरी रमेश विकल नाम जोडिएका विधाहरु समानित हुने महानुभावहरुमा रमेश विकल वाङ्मय पुरस्कार– नृत्यशाश्त्री भैरवबहादुर थापा, सुशीला समाजसेवा पुरस्कार– मासिक १०० रुपैयाँ अभियान, सिर्जना पुरस्कार – साहित्यकार युवराज मैनाली, बालसाहित्य पुरस्कार– बालसाहित्यकार अमरकुमार प्रधान, दोलखा, सुशीला सङ्घर्षशील नारी पुरस्कार– चिनीमाया माझी, कला–सङ्गीत पुरस्कार– कलाकार रामकृष्ण दुवाल, दर्शनाचार्य शोधसम्मान – कमला रेग्मी, त्रि.वि. हुनु हुन्थ्यौ ।
यसै गरी यस कार्यक्रममा सम्मानित हुने व्यक्तित्वहरूलाई प्रमुख अतिथि संघीय सांसद सन्तोष चालिसे तथा गोकर्णेश्वर न.पा.का नगर प्रमुख दिपक रिसालद्वयबाट संयुक्त रूपमा रमेश विकल पुरस्कार प्रदान गरिएको थियो ।