नेपाल सम्वत् ११४५ थिंलागाः ६ ( ६ पुष , २०८१) डिसेम्बर २१, २०२४ , शनिबार, बाँपीझ्याला ।प्रधानमन्त्री केपी शर्मा ओलीले एनपिएल क्रिकेट प्रतियोगिताको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् ।त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज सम्पन्न भएको फाइनल खेलमा जनकपुर बोल्ट्सले जीत हासिल गरे लगत्तै प्रधानमन्त्री ओलीले बधाई दिएका हुन् ।
‘बधाई जनकपुर बोल्ट्स्, एनपिएल उपाधि हात पारेकोमा । आजको खेलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन थियो । यससँगै नेपाली क्रिकेटको महापर्व आज सम्पन्न भएको छ’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ।ओलीले एनपिएलमा सहभागी सबै टिम र आयोजक तथा व्यवस्थापक सबैलाई धन्यवाद समेत दिएका छन् । शनिबार टीयु क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरले एनपिएलको उपाधि जितेको थियो ।