नेपाल सम्वत् ११४५, थिंलागाः ६, षष्ठी (६ पुष, २०८१, २० डिसेम्वर, २०२४) शनिबार, बाँपीझ्याला । अभयपुर बचत तथा ऋण सहकारी संस्था लि.को १५ बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
जेष्ठ नागरिक संस्थाका अध्यक्ष बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठको अध्यक्षतामा काठमाण्डौ जिल्ला वडा नं. १६ का वडाध्यक्ष रोजिना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्राट पार्टी प्यालेस नयाँबजारमा आज सम्पन्न उक्त साधारण सभा तथा अधिवेशनबाट हेमराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरिएको छ ।
उपाध्यक्षमा शान्त श्रेष्ठ, सचिवमा कलावती श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मण श्रेष्ठ, सदस्यहरुमा रुषा श्रेष्ठ, कुमार प्रधान श्रेष्ठ, रिकी महर्जन र अन्य एक रहेका छन् ।
साधारण सभामा बार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मतीले पास गरिएको छ । यसै गरी उत्कृष्ठ बचतकर्ता रुक्सना भानु, उत्कृष्ठ ऋणी निरु श्रेष्ठ, शेयर सदस्य जेष्ठ नागरिक सुन्दरमाया प्रधान, एससि मा उत्कृष्ठ अंक ल्याउने शेयर सदस्य छोरा छोरी मध्येबाट छात्रा तर्फ अनुष्का श्रेष्ठ, छात्र तर्फ निशान श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उपाध्यक्ष भल्ला मास्केले स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो । यसै गरी उपस्थित महानुभावहरुलाई कर्मचारी सरस्वती प्रधान र तारा कर्माचार्यले खादा र व्याच लगाई दिनु भएको थियो ।