Search

एनपीएलमा सबैभन्दा धेरै विकेट लिने खेलाडी ललित बन्ने सम्भावना?

एनपीएलमा सबैभन्दा धेरै विकेट लिने खेलाडी ललित बन्ने सम्भावना?

नेपाल सम्वत् ११४५ थिंलागाः ६ ( ६ पुष , २०८१) डिसेम्बर २१, २०२४ , शनिबार, बाँपीझ्याला ।नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा आज हुँदैछ । उपाधिका लागि शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जनकपुर बोल्टस्‌‌ र सुदूरपश्चिम रोयल्स भिड्‌दैछन् । जनकपुर बोल्टस्‌लाई पहिलो क्वालिफायरमा पराजित गरेर आएको सुदूरपश्चिम र दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराएर आएको जनकपुर बोल्टस्‌बीच भब्य प्रतिस्पर्धा हुँदैछ । जुन खेल दिउँसो १२ बजेबाट सुरु हुनेछ ।

एनपीएलको जारी खेलमा सबैभन्दा बढी विकेट जनकपुरका ललित राजबंशीले लिएका छन् । उनले अहिलेसम्म १६ विकेट लिएका छन् भने दोस्रो नम्बरमा सुदूरपश्चिमका स्कट कुजेलेएिनले पनि १६ विकेट नै लिएका छन् । दुवै खेलाडी आज पनि खेल्ने भएकाले कसले बढी विकेट लिने हो ? त्यो भने हेर्न बाँकी रहेको छ । उता, चितवन राइनोजका सोहिल तनवीर र रिजन ढकालले क्रमशः १४ र १३ विकेट लिएका छन् । उनीहरुको तेस्रो र चौथों स्थान सुनिश्चित भइसकेको छ ।

आज हुने भब्य फाइनलका बिजेताले १ करोड १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपबिजेता टोलीले ५१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, तेस्रो स्थान र चौथौं स्थानमा रहेका टोलीले क्रमशः २५ लाख र १५ लाख प्राप्त गर्नेछन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!