Search

दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो

नेपाल सम्वत् ११४५ थिंलागाः ५ ( ५ पुष , २०८१) डिसेम्बर २०, २०२४ , शुक्रबार, बाँपीझ्याला । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले उनलाई बन्दीसहित उपस्थित गराउने आदेश दिएपछि आज उनको हाजिरी भएको हो।

प्रसाईँले आफू साइबर अपराध मुद्दामा धरौटीमा रिहा भएपनि प्रहरीले नियतवश पुनः पक्राउ गरेको भन्दै साधारण तारेखमा रिहाइको माग गरेका छन्। यसअघि पनि उनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए, तर त्यो निवेदन खारेज भएको थियो। सर्वोच्च अदालतले आज उनीमाथिको अनुसन्धान कानुनी दायराभित्र भएको देखेमा रिट खारेज गर्नेछ, अन्यथा उनलाई साधारण तारेख वा धरौटीमा रिहा गर्ने आदेश दिन सक्नेछ।

प्रसाईँलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। उनीविरुद्ध सार्वजनिक अपराध र किर्ते मुद्दामा पनि अनुसन्धान भइरहेको छ। जिल्ला अदालतमा यस सम्बन्धी मुद्दा दायर भइसकेको छ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!