Search

गाउँपालिकाका अध्यक्ष वेदबहादुरले जिल्ला प्रशासन कार्यालय गुल्मीको स्क्यानर तोडफोड, राहदानी सेवा ठप्प

गाउँपालिकाका अध्यक्ष वेदबहादुरले जिल्ला प्रशासन कार्यालय गुल्मीको स्क्यानर तोडफोड, राहदानी सेवा ठप्प

नेपाल सम्वत् ११४५, थिंलागाः ५, पञ्चमी (५ पुष, २०८१, २० डिसेम्वर, २०२४) शुक्रवार । आफ्नो पालिकाका सेवाग्राहीले सेवा नपाएको भन्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापामगरले जिल्ला प्रशासन कार्यालय गुल्मीको राहदानी शाखाको स्क्यानर तोडफोड गरेका छन् ।

बिहीबार स्क्यानर फुटेपछि राहदानीसम्बन्धी सेवा नै ठप्प भएको छ । तोडफोडपछि अध्यक्ष मगरलाई प्रहरीले नियन्त्रणमा लिएकोमा साँझ नै छुटेका छन् ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले टोकन प्रणालीमा राहदानी वितरण व्यवस्थित भए पनि गाउँपालिका अध्यक्षले आवेगमा तोडफोड गरेको आरोप लगाए । लिखित आत्मालोचनासहित क्षतिपूर्ति दिने सहमतिपछि प्रहरी नियन्त्रणबाट छोडिएको उनको भनाई छ ।

सेवाग्राहीकै काम गर्दागर्दै रात पर्ने अवस्थामा कार्यालय समयपछि कालिगण्डकी गाउँपालिका अध्यक्ष शाखामा पसेर स्क्यानर फुटालेको राहादानी शाखाका कम्प्युटर अपरेटर सन्देश अधिकारीले बताए ।

उनले सिसि टिभी फुटेज सुरक्षित भएकाले कर्मचारीले फुटाले भनेर गरिएको आरोप निराधार भएको बताए । उनले एक जनाको बिषयमा गाउँपालिका अध्यक्षले स्क्यानर फुटालेकाले सवै कालिगण्डकीको बिषयमातर्क दिन नहुने बताए ।

राहदानी शाखाका कम्प्युटर अपरेटर सन्देश अधिकारीका अनुसार बिहीबार र शुक्रबारका ४०–४० वटा टोकन वितरण भइसकेकोमा शुक्रबार राहदानीको काम नहुने बताए ।

नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेयले सवैखाले समस्या वार्ता र संवादको माध्यमबाट गर्नुपर्ने बताए । उनले भूगोलको समस्या उठान पनि तर्कसंगत भएकाले सेवा प्रभावित हुने गरेर सार्वजनिक सम्पति क्षति गर्न नहुने तर्क गरे ।

अध्यक्ष थापामगरले भने टाढाबाट आएका कालीगण्डकीका नागरिकलाई सेवा दिन गरिएको आग्रह कर्मचारीले अस्वीकार गरेपछि सामग्री फुटाएको बताए । ‘पहिला आउनेले टोकन पाउँछन्, कालीगण्डकी टाढा भएकाले त्यहाँका नागरिक प्रशासन आइपुग्दा टोकन सकिन्छ,’ उनले भने, ‘न्यायोचित सेवाप्रवाह हुनुपर्छ ।

मैले सिस्टमको विरोध गरेँ, नागरिकलाई सेवा दिन गरिएको माग सुनिएन । आवेगमा स्क्यानर फुटाएँ ।’

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!