Search

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

नेपाल सम्वत् ११४५, थिंलागाः ५, पञ्चमी (५ पुष, २०८१, २० डिसेम्वर, २०२४) शुक्रवार, बाँपीझ्याला । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

लालबन्दी नगरपालिका–६, स्थित फुटबल मैदान अगाडि बिहीबार साँझ ६ बजेतिर भएको दुर्घटनामा नाम थर, वतन खुल्न नसकेको पुरुषको मृत्यु भएको हो । लालबन्दीबाट परवानिपुरतर्फ जाँदै गरेको बा ९४ प ९२३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अन्दाजी ५० वर्षका तराई मुलको जस्तो देखिने पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल लालबन्दी नगरपालिका–१६, परवानिपुरका २१ वर्षीय विनोद कुमार श्रेष्ठ र मोटरसाइकल पछाडि सवार ईश्वरपुर नगरपालिका–१२, घारिबथानका २७ वर्षीय निरज लामा घाइते भएका छन् । घाइते दुवैलाई लालबन्दीमा प्राथमिक उपचार गरी काठमाडौँ रेफर गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

मृतक पुरुषको परिचय खुलाउन सोधखोज तथा अन्य प्रहरी युनिटमा परिपत्र गरिएको लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिनुभयो । म्याक्स अस्पताल लालबन्दीमा रहेको मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउन लागिएको प्रहरी निरीक्षक पाठकले बताउनुभयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!