नेपाल सम्वत् ११४५ थिंलागाः ४( ४ पुष , २०८१) डिसेम्बर १९, २०२४ , बिहिबार, बाँपीझ्याला ।नेपालले एसिसी महिला यु-१९ एसिया कपको सुपर फोरअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध भएको छ ।
खेल मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले एक ओभरमा एक विकेट गुमाउँदै एक रन बनाएको अवस्थामा खेल रोकिएको थियो । त्यसपछि खेल सञ्चालन गर्न सम्भवन नभएपछि दुवै टोलीलाई १-१अंक प्रदान गरिएको हो । नेपालले समूह ‘बी’ तथा श्रीलंकाले समूह ‘ए’ को उपविजेताका रूपमा सुपर फोरको यात्रा तय गरेका थिए ।
समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग पनि अंक बाँडेको थियो । नेपाल र भारतबीचको खेल वर्षाका कारण विना नतिजा टुंगिएको थियो । यता घरेलु टोली मलेसियाविरुद्ध ९४ रनको सहज जित निकालेबको श्रीलंका बंगलादेशसँग २८ रनले पराजित भएको थियो । सुपर फोरको अन्तिम खेलमा नेपालले शुक्रबार बंगलादेशको सामना गर्नेछ ।