Search

एनपिएलः कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

एनपिएलः कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

नेपाल सम्वत् ११४५ थिंलागाः ४( ४ पुष , २०८१) डिसेम्बर १९, २०२४ , बिहिबार, बाँपीझ्याला ।कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा खेलमा कर्णालीले जनकपुरलाई सामान्य लक्ष्य दिएको हो । त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रनमात्रै बनाउन सक्यो ।

कर्णालीका गुल्सन झाले सर्वाधिक २५ रन जोडेका थिए भने देव खनालले २४, जिशन मक्सुद १२, चाडविक वाल्टन ११ र विलियम वोसिष्टोले १४ रन बनाउन सफल भए । बलिङमा ललित राजवंशी, जिमि निशम र मोहम्मद मोहसिनले क्रमशः २–२ हर्ष थाकर र शेर मल्लले १–१ विकेट लिन सफल भएका थिए । यो खेलको विजेताले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग शनिबार खेल्नेछ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!