Search

अभिनेत्री केकीको घोषणा भाइ विम्ब अधिकारीलाई फिल्ममा डेब्यु गराउँदै

अभिनेत्री केकीको घोषणा भाइ विम्ब अधिकारीलाई फिल्ममा डेब्यु गराउँदै

नेपाल सम्वत् ११४५, थिंलागाः ३, (३ पुष, २०८१, १८ डिसेम्वर, २०२४) बुधबार, बाँपीझ्याला । अभिनेत्री केकी अधिकारी बुधबार जन्मदिन मनाइरहेकी छन् । जनवरीमा उनको अभिनय करिअरले १४ वर्ष टेक्दैछ । ‘स्वर’बाट फिल्ममा डेब्यु गरेकी केकीको पछिल्लो फिल्म ‘बोक्सीको घर’ सुपरहिट रह्यो । उक्त फिल्मले केकीलाई निर्मात्रीको रुपमा समेत घरेलु फिल्ममा स्थापित गर्‍यो ।

आउने वर्ष निर्मात्रीको रुपमा केकीको व्यस्तता अझै बढ्नेछ । सन् २०२५ मा होम प्रोडक्सन ब्यानर केकी अधिकारी फिल्म्सले नयाँ फिल्म निर्माणको तयारी गरिरहेको छ ।

केकीले यो फिल्मबाट भाइ विम्ब अधिकारीलाई फिल्ममा डेब्यु गराउँदैछिन् । जन्मदिनको सन्दर्भमा केकीले अनलाइनखबरसँग कुरा गर्दै भाइलाई यो फिल्मबाट डेब्युको तयारी गराइरहेको बताइन् । उनका अनुसार अहिले विम्ब यो फिल्मको तयारीमा छन् ।

‘अहिले उसले क्लास लिइरहेको छ’ भाइ विम्बको तयारीबारे केकीले भनिन् । वैशाखदेखि छायांकन हुने फिल्ममा आफ्नो अभिनय हुन्छ या हुँदैन भन्ने बारेमा निधो भइनसकेको उनले बताइन् ।

विम्ब सात वर्षदेखि नाटकमा अभिनय गरिरहेका छन् । नयाँ फिल्मलाई सन् २०२५ मै रिलिज तयारी रहेको केकीले बताइन् ।नयाँ वर्षमा केकी फिल्मकै विषयमा विद्यावारिधिको तयारीमा पनि छिन् । अध्ययन र फिल्म निर्माणलाई नयाँ वर्षमा सँगै लैजाने उनको योजना छ ।

केकीले यहीबीच आध्यात्मिक यात्रा समेत गरिन् । उनी एक महिनाअघि विपश्यनाबाट फर्किएकी थिइन् । यसबीच आफूलाई आध्यात्मिक महसुस भइरहेको उनले बताइन् । ‘अब धेरै खट्नेभन्दा पनि गुणस्तरीय काम गर्ने सोच छ’ केकीले भनिन्, ‘विपश्यनाले परिवार र व्यवसायमा के गर्न सकिने रहेछ भनेर उत्तरदायी महसुस गराउने रहेछ ।’

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!